काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंक बीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ ।
उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लि. को करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।
उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट मुक्तिनाथ विकास बैंक लि.का सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लिको तर्फबाट नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लि का प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरे । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने बैंकले अपेक्षा गरिएको बताएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19