काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकले उपदान तथा पेन्सन कोषको रकम ३६५ दिनको मुद्दती निक्षेपमा २ अर्ब ४४ करोड लगानी गर्न लागेको हो ।

यसका लागि नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आफुले मुद्दती निक्षेपमा लिन चाहेको रकम र ब्याजदर समेत गरी मुद्दती निक्षेपमा लिन चाहेको रकम उल्लेख गरी पुस १९ गतेदेखि २२ गतेभित्र ब्याजदर प्रस्ताव पेश गर्न सक्नेछन् ।