काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को बोनस सेयरका लागि मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५७१.६४ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो बैंकको प्रतिकित्ता ६७२.१० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यो बैंकको सेयर कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले आज मंसिर १५ गतेदेखि मंसिर २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो मंसिर १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा यही मंसिर २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कास्कीको पोखरास्थित होटेल जल महलमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १८.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १७.५७५ प्रतिशत बोनस सेयर र ०.९२५ प्रतिशत नगद लाभांश रहेका छन्।
सोही सभाले बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६.८४ पुर्याउने विकास प्रस्ताव पनि पारित गर्नेछ।
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा प्राप्ति वा समाहित प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका प्रतिवेदन पारित गर्नेछ।
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago