काठमाण्डौ । आईपीओको मुख्य अजेन्डासहित मेवा डेभलपर्स लिमिटेडले दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। 

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कालीमाटीस्थित ल्यान्डमार्क रिसेप्सन्स एन्ड कन्भेन्सन्समा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। जलविद्युत आयोजनाहरुका लागि बैंकबाट ऋण लिने अर्को विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। 

कम्पनीको हाल कायम रजिस्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्नेसम्बन्धी विशेष प्रस्ताव सभाले पारित गर्नेछ। आईपीओ जारी र रजिस्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने सम्बन्धमा प्रबन्त्रपत्र तथा नियमावली संशोधनसम्बन्धी विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गर्नेछ।