काठमाण्डौ । दोस्रो बजारमा सूचीकृत रहेका म्युचुअल फण्डहरुमध्ये हालसम्म २२ वटा म्युचुअल फण्डको कात्तिक महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ ।

नबिल इन्भेष्टमेन्ट बैकिङसहित ७ वटा मर्चेण्ट बैंकिङद्वारा सञ्चालित म्युचुअल फण्डको कात्तिक महिनाको वित्तीय विवरण भने हालसम्म प्रकाशित भएको छैन । सार्वजनिक भएका २२ वटा म्युचुअल फण्डमध्ये सिटिजन्स क्यापिटल लिमिटेडद्वारा सञ्चालित ‘सिटिजन सुपर-३०’ बाहेक सबै फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ। 

असोज महिनामा १०.०२ रुपैयाँ रहेको फण्डको इकाई मूल्य कात्तिक महिनामा बढेर १०.०४ रुपैयाँ पुगेको छ । त्यस्तै, सिटिजन क्यापिटलका दुई फण्डहरु ‘सिटिजन म्युचुअल फण्ड–१ र फण्ड–२ को न्याभ भने घटेको छ । 

त्यस्तै, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडद्वारा सञ्चालित तीनवटा म्युचुअल फण्डको नै न्याभ घटेको छ । लक्ष्मी इक्विटी फण्डको न्याभ ०.०९ रुपैयाँ, लक्ष्मी उन्नती कोषको न्याभ ०.०६ रुपैयाँ र लक्ष्मी भ्यालु फण्ड–२ को न्याभ ०.०४ रुपैयाँले घटेको छ । 

साथै एनआइबिएल एस क्यापिटल लिमिटेडद्वारा सञ्चालित तीन म्युचुअल फण्डको समेत न्याभ घटेको छ ।

एनआइबिएल प्रगति फण्डको न्याभ ०.०६ रुपैयाँ, एनआइबिएल समृद्धि फण्ड–२ को ०.०४ रुपैयाँ र एनआइबिएल ग्रोथ फण्डको न्याभ ०.०४ रुपैयाँले घटेकोछ । यसका साथै सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा सञ्चालित दुई म्युचुल फण्डको पनि न्याभ घटेको छ ।

त्यस्तै, एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालिन चार वटा म्युचुलअ फण्डहरु एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, एनआईसी एशिया सेलेक्ट–३० र एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको न्याभ घटेको छ । सबैभन्दा बढी एनआईसी एशिया ब्यालेन्स्ड फण्डको न्याभ १.०२ रुपैयाँले घटेको छ । 

यस्तै, सनराइज क्यापिटलका तीन म्युचुअल फण्ड सनराइज फर्स्ट म्युचुअल फण्ड, सनराइज ब्लुचिप फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको समेत न्याभ घटेको छ । यसका साथै कुमारी क्यापिटलका दुई म्युचुल फण्ड र मेगा म्युचुल फण्डको समेत न्याभ घट्न पुगेको छ । 
३४ लाख ३१ हजार रुपैयाँले बढाए सूचीकृत सेयरमा लगानी 
वित्तीय विवरण प्रकाशित गरेका २२ वटा म्युचुअल फण्डहरुले कात्तिक महिनामा मात्रै २४ अर्ब २७ करोड २७ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेका छन् । यो लगानी अघिल्लो महिना अर्थात् असोजको तुलनामा ०.०६ प्रतिशतले बढी हो ।

असोज महिनामा ती योजनाहरुको सूचीकृत सेयरमा लगानी २४ अर्ब २६ करोड ९३ लाख रुपैयाँ थियो । एक महिनामा नै २२ वटा फण्डले सेयरबजारमा लगानी ३४ लाख रुपैयाँ बढाएका हुन् । 

असोज महिनाको तुलनामा सूचीकृत सेयरमा लगानी सबैभन्दा लक्ष्मी क्यापिटल लिमिटेडद्वारा सञ्चालित ‘लक्ष्मी भ्यालु फण्ड–२’ ले बढाएको छ । उक्त योजनाले असोज महिनाको तुलनामा कात्तिक महिनामा सेयरबजारमा लगानी ९.०१ प्रतिशतले बढाएको छ । 

वित्तीय रिर्पोट सार्वजनिक गरेका २२ वटा म्युचुअल फण्डमध्ये ८ वटा म्युचुअल फण्डले सूचीकृत सेयरमा लगानी बढाएका छन् भने बाँकीको घटेको छ । सबैभन्दा बढी सिटिजन म्युचुअल फण्ड–२ को यस्तो लगानी ८.५२ प्रतिशतले घटेको छ । 
हेर्नुहोस तालिकामा :