काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ४८.३७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ५ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि २४.१२ प्रतिशतले घटेर ६ करोड ८३ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ९ करोड १ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

बर्खायाममा आयोजना क्षमताबमोजिम सञ्चालन गर्न सकिने भए पनि प्रसारण लाइनको अभावका कारण कम क्षमतामा आयोजना सञ्चालन गर्नुपर्दा गत वर्षभन्दा विद्युत उत्पादन घट्न पुगेको कम्पनीले जनाएको छ। सोही कारण विद्युत् बिक्रीबाट हुने आम्दानी घट्न पुगेको हो। 

कम्पनीले अन्य स्रोतबाट १९ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी गत वर्ष यही अवधिमा १ लाख ४८ हजार रुपैयाँमा सीमित थियो। 

चुक्तापुँजी ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ५८.०४ प्रतिशतले घटेर ३ करोड ९१ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ९ करोड ३३ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १४.७३ रुपैयाँ रहेको छ। पीई रेसियो २७.८३ गुणा रहेको कम्पनी प्रतिसेयर नेटवर्थ १०४.८६ रुपैयाँ रहेको छ।