– रेखा चन्द
काठमाण्डौ । राष्ट्रियस्तरको विकास बैंकमध्ये एक हो, मुुक्तिनाथ विकास बैंक। व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर र सेवामा सिर्जनात्मक अभ्यासमा अब्बल रहेको यो बैंक ‘द बिज अवार्ड २०२२’ बाटसमेत सम्मानित भइसकेको छ।
बैंकले आफ्ना ग्राहकलाई ध्यानमा राखी विभिन्न सुविधा ल्याइरहेको छ। पछिल्लो समय त समयको मागअनुसार बैंकले ग्राहकलाई तेब्बर रकम उपलब्ध गराउने गरी ‘मुक्तिनाथ गज्जब मुद्दति’ योजनासमेत ल्याएको छ। यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सुविधाहरु बैंकले आफ्ना ग्राहकलाई दिइरहेको छ।
यसका साथै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिनेसमेत व्यवस्था गरेको छ।
यस्तै मुक्तिनाथले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ३७ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। बैंकले नाफा १८.४७ प्रतिशतले बढाएको हो।
बचततर्फ आकर्षित सुविधासहितको योजना ल्याएको यस बैंकले कर्जातर्फ पनि सोही किसिमको योजना ल्याएको छ।
यस्ता छन् बैंकका बचत योजना
१. मुक्तिनाथ गज्जब मुद्दति
आकर्षक ब्याजदर, न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिइने, व्यतिगत मुद्दति खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यतिगत रेमिट्यान्स मुद्दतिमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुने।
व्यतिगत मुद्दति खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यतिगत रेमिट्यान्स मुद्दतिमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर हुने।
२. सर्वोत्कृष्ट बचत खाता
न्यूनतम ब्यालेन्स १० हजार, ब्याजदर ९% वार्षिक (दैनिक आधारमा गणना, मासिक रुपमा भुक्तानी), कुनै पनि शाखाबाट बैंकिङ सेवा लिन सकिने, निःशुल्क चेकबुक, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ (पहिलो वर्षका लागि)।
३. उत्कृष्ट बचत खाता
न्यूनतम ब्यालेन्स १० हजार, कुनै पनि शाखाबाट बैंकिङ सेवा लिन सकिने, निःशुल्क चेकबुक, मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ, एटीएम, रु. १० लाखसम्मको (दुर्घटना मृत्यु तथा अशक्तता बीमा), ७.३५ प्रतिशत ब्याजको सुविधा।
४. सम्वृद्धि बचत खाता
न्यूनतम ब्यालेन्स १००, कुनै पनि शाखाबाट बैंकिङ सेवा लिन सकिने, निःशुल्क चेकबुक, पहिलो वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ, ७ प्रतिशत ब्याजको सुविधा।
५. साधारण बचत खाता
न्यूनतम ब्यालेन्स ५००, कुनै पनि शाखाबाट बैंकिङ सेवा लिन सकिने, निःशुल्क चेकबुक, मोबाइल बैंकिङ, एटीएम, नेपाल टेलिकमको निःशुल्क बिल भुक्तान प्रणाली, ७ प्रतिशत ब्याजको सुविधा।
६. महिला पेवा बचत खाता
न्यूनतम ब्यालेन्स ५००, कुनै पनि शाखाबाट बैंकिङ सेवा लिन सकिने, निःशुल्क चेकबुक, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, ७ प्रतिशत ब्याजको सुविधा।
७. सेयरधनी बचत खाता
न्यूनतम ब्यालेन्स १००, त्रैमासिक रुपमा ब्याज दिइने, ७ प्रतिशत ब्याजको सुविधा।
८. सुनौलो बाल बचत खाता
न्यूनतम ब्यालेन्स शून्य, कुनै पनि शाखाबाट बैंकिङ सेवा लिन सकिने, निःशुल्क चेकबुक, ७ प्रतिशत ब्याजको सुविधा।
९. कर्मचारी बचत खाता
कुनै पनि शाखाबाट बैंकिङ सेवा लिन सकिने, निःशुल्क चेकबुक, एटीएम, मोबाइल बैंकिङ, नेपाल टेलिकमको निःशुल्क बिल भुक्तान प्रणाली, ७ प्रतिशत ब्याजको सुविधा।
१०. सजिलो बचत खाता
कुनै पनि शाखाबाट बैंकिङ सेवा लिन सकिने, निःशुल्क चेकबुक, जति रकम पनि जम्मा गर्न र भुक्तानी गर्न सकिने, एटीएम सेवा, मोबाइल बैंकिङ, नेपाल टेलिकमको निःशुल्क बिल भुक्तान प्रणाली, ७ प्रतिशत ब्याजको सुविधा।
११. मेरो पहिलो बचत खाता
यो खातामा बैंकले नै १०० जम्मा गरिदिने व्यवस्था रहेको छ भने ग्राहकले खाता खोल्दा शुल्क लाग्दैन। निःशुल्क मोबाइल बैंकिङ रजिस्ट्रेसन, निःशुल्क इन्टरनेट बैंकिङरजिस्ट्रेसन, आस्बा सेवा तथा चेकबुकको सुविधा, ७ प्रतिशत ब्याजको सुविधा।
१२. आत्मनिर्भर बचत खाता
न्यूनतम ब्यालेन्स शून्य, विदेशबाट सीधै आफ्नो वा चाहेको खातामा रकम जम्मा गर्न सकिने, कुनै पनि शाखाबाट बैंकिङ सेवा लिन सकिने, निःशुल्क चेकबुक, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम, ७ प्रतिशत ब्याजको सुविधा।
१३. मुक्तिनाथ प्रिमियम बचत
न्यूनतम ब्यालेन्स रु. १ हजार, ७ प्रतिशत ब्याजदर, कुनै पनि शाखाबाट बैंकिङ सेवा लिन सकिने, असीमित रकम जम्मा गर्न र भुक्तानी गर्न सकिने, एटीएम र मोबाइल बैंकिङको सुविधा।
१४. मुक्तिनाथ सुपर प्रिमियम बचत खाता
न्यूनतम ब्यालेन्स रु. ५ हजार, कुनै पनि शाखाबाट बैंकिङ सेवा लिन सकिने, लकर रेन्टल चार्जमा ५० प्रतिशत छुट, निःशुल्क सेलपे, निःशुल्क चेकबुक, निःशुल्क मोबाइल बैंकिङ, कल पे, एटीएम सेवा, ७ प्रतिशत ब्याजदर।
१५. व्यक्तिगत फिक्स्ड डिपोजिट बचत खाता
३ महिनादेखि ५ वर्षसम्मको व्यक्तिगत फिक्स्ड डिपोजिटमा ग्राहकले १२.००% ब्याजदर पाउनेछन्। बैंकले यसमा मासिक तथा त्रैमासिक रुपमा ब्याज प्रदान गर्नेछ। यस्तै यो खाता ५ हजार ब्यालेन्समा खोल्न सकिनेछ।
५ वर्ष वा त्योभन्दा माथिको निक्षेपमा बैंकले आपसी समझदारीमा ब्याज दिन्छ भने न्यूनतम ५ हजारमा खाता खोल्न सकिन्छ। मासिक तथा त्रैमासिक रुपमा ब्याज प्रदान गरिन्छ।
१६. रेकरिङ फिक्स्ड डिपोजिट बचत खाता
बैंकले यो खातामा १२.००% ब्याजदर तोकेको छ। यस खातामा तोकिएको रकम हरेक महिना तोकिएको समय अवधिसम्म जम्मा गर्नुपर्नेछ । बैंकले यसमा त्रैमासिक रुपमा ब्याज प्रदान गर्नेछ । यस्तै यो खाता एक सय रुपैयाँमा खोल्न सकिनेछ ।
१७. संस्थागत फिक्स्ड डिपोजिट बचत खाता
३ महिनादेखि ५ वर्षसम्मको संस्थागत फिक्स्ड डिपोजिटमा ग्राहकले १०% ब्याजदर पाउनेछन्। बैंकले यसमा मासिक तथा त्रैमासिक रुपमा ब्याज प्रदान गर्नेछ। यो खाता रु. ५ हजार ब्यालेन्समा खोल्न सकिनेछन।
यस्तै ५ वर्ष वा त्योभन्दा माथिको निक्षेपमा बैंकले आपसी समझदारीमा ब्याज दिन्छ भने न्यूनतम रु. ५ हजारमा खाता खोल्न सकिन्छ। मासिक तथा त्रैमासिक रुपमा ब्याज प्रदान गरिन्छ।
१८. अक्षय कोष
यसमा आपसी समझदारीमा ब्याजदर निर्धारण हुनेछ। ब्याज भने मासिक तथा त्रैमासिक रुपमा पाइने छ। यस्तै यो खाता रु. ५ हजार ब्यालेन्समा खोल्न सकिेछन।
यस्तै चल बचत खातामा न्यूनतम मौज्दात रु. ५ हजार रहेको छ भने अन्य चल खाता न्यूनतम रु. १ हजारमा खोल्न सकिन्छ।
१९. सुुनौलो बाल शिक्षा बचत
या खाता शून्य मौज्दातमा खोल्न सकिन्छ। यसमा ७ प्रतिशत ब्याजदर छ भने त्रैमासिक रुपमा ब्याज प्रदान गरिन्छ।
२०. वैदेशिक रोजगार बचत खाता
७ प्रतिशत ब्याजदर पाइने, त्रैमासिक रुपमा ब्याज प्रदान गरिने, न्यूनतम मौज्दात रु. ५००।
२१. सामाजिक सुुरक्षा बचत खाता
न्यूनतम मौज्दात शून्य, ७ प्रतिशत ब्याजदर पाइने, त्रैमासिक रुपमा ब्याज प्रदान गरिने।
२२. मुक्तिनाथ पीएमएम बचत खाता
न्युनतम मौज्दात शून्य, ७ प्रतिशत ब्याजदर पाइने, त्रैमासिक रुपमा ब्याज प्रदान गरिने।
२३. मुक्तिनाथ म्यादी बचत खाता
न्यूनतम मौज्दात शून्य, ८ प्रतिशत ब्याजदर पाइने, त्रैमासिक रुपमा ब्याज प्रदान गरिने।
२४. मुक्तिनाथ कृषक बचत खाता
न्यूनतम मौज्दात रु. १००, ७.३५ प्रतिशत ब्याजदर पाइने, मासिक रुपमा ब्याज प्रदान गरिने।
२५. व्यक्तिगत उपलब्धि बचत खाता
न्यूनतम मौज्दात शून्य, ७ प्रतिशत ब्याजदर पाइने, त्रैमासिक रुपमा ब्याज प्रदान गरिने।
२६. संस्थागत उपलब्धि बचत खाता
न्यूनतम मौज्दात शून्य, ब्याजदर आपसी समझदारीमा दिइने, पाइने, त्रैमासिक रुपमा ब्याज प्रदान गरिने।
२७. फरेन करेन्सी बचत खाता ($,£,€,AUD)
१.५० प्रतिशतसम्म ब्याजदर पाइने, त्रैमासिक रुपमा ब्याज प्रदान गरिने । न्यूनतम मौज्दात १० राख्नुपर्नेछ।
२८. कल बचत खाता
न्यूनतम मौज्दात शून्य, ब्याजदर आपसी समझदारीमा दिइने, त्रैमासिक रुपमा ब्याज प्रदान गरिने।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19