काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले आज(पुस २२ गते) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको हो ।

जसअनुसार आज अमेरिकी डलरको खरिद दर १३२.७५ रुपैयाँ र बिक्री दर १३३.३५ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै एक युरोको खरिद दर १४४.८६ पैसा र बिक्री दर १४५.५१ पैसा तोकिएको छ । 

 एक बेलायती पाउण्डको खरिद दर १६७.९८ रुपैयाँ र बिक्री दर १६८.७३ रुपैयाँ रहेको छ । एक अष्ट्रेलियन डलरको खरिद दर ८८.८४ र बिक्री दर ८९.०४ रहेको छ । त्यस्तै १० जापानीज येनको खरिद दर ९.१४ र बिक्री दर ९.१८ निर्धारण गरिएको छ । 

त्यस्तै एक कतारी रियालको खरिद दर ३६.४१ रुपैयाँ र बिक्री दर ३६.५८ रुपैयाँ रहेको छ ।