काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले आज(पुस २४ गते) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको हो ।

जसअनुसार आज एक अमेरिकी डलरको खरिद दर १३२.७३ रुपैयाँ र बिक्री दर १३३.३३ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै एक युरोको खरिद दर १४५.२५ रुपैयाँ बिक्री दर १४५.९० रुपैयाँ तोकिएको छ । 

एक बेलायती पाउण्डको खरिद दर १६८.७२ रुपैयाँ र बिक्री दर १६९.४८ रुपैयाँ रहेको छ । एक अष्ट्रेलियन डलरको खरिद दर ८८.८१ र बिक्री दर ८९.२१ रहेको छ । त्यस्तै १० जापानीज येनको खरिद दर ९.१९ र बिक्री दर ९.२३ रुपैयाँ निर्धारण गरिएको छ । 

त्यस्तै एक कतारी रियालको खरिद दर ३६.४२ रुपैयाँ र बिक्री दर ३६.५८ रुपैयाँ रहेको छ ।