काठमाण्डौ । एकीकृत कारोबार सुरु गर्नका लागि ग्लोबल आइएमई बैंकको २ दिन र बैंक अफ काठमाण्डूको ३ दिन सम्पूर्ण बैंकिङ कारोबार अवरुद्ध हुने भएको छ।
मर्जर प्रक्रिया सकेर यी दुवै बैंकले ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नाममा यही पुस २५ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन्। एकीकृत कारोबार सुरु गर्न डाटा माइग्रेसन प्रयोजनका लागि ग्लोबल आइएमईको पुस २३ गते र पुस २४ गते दुई दिन र बैंक अफ काठमाण्डूको पुस २२ गतेदेखि पुस २४ गतेसम्म तीन दिन सम्पूर्ण बैंकिङ कारोबार अवरुद्ध हुने भएको हो।
यो अवधिमा ग्लोबल आइएमई बैंकको मोबाइल÷इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, एटीएम, एजेन्टमार्फत हुने रेमिट्यान्स सेवा भने यथावत सञ्चालनमा रहने बैंकले जनाएको छ।
उता बैंक अफ काठमाण्डूको भने सम्पूर्ण बैंकिङ सेवाका साथै बैंकको डेबिट कार्ड, अन्तर्राष्ट्रिय कार्ड, ई–कम कार्ड, एटीएम, बीओके स्मार्ट, बीओके क्लिकबाट कारोबार पनि अवरुद्ध रहनेछ।
यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति दुवै बैंकले क्षमायाचना गरेका छन्।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago