काठमाण्डौ । दुई लघुवित्त संस्थाले एफपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएका छन्।

समता घरेलु लघुवित्त र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएका हुन्। यी दुवै लघुवित्तले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एफपीओ निष्कासनका लागि निवेदन दिएका छन्। 

सेबोनले अनुमति दिएमा समता घरेलु लघुवित्तले २ लाख ८९ हजार ४४० कित्ता एफपीओ जारी गर्नेछ। संस्थाले एफपीओ जारी गर्नका लागि प्रतिकित्ता १५९.०७ रुपैयाँ कायम गरेको छ। 

समता घरेलु लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

यसैगरी उन्नति सहकार्य लघुवित्तले १ लाख ७८ हजार ५४१ कित्ता एफपीओ जारी गर्नेछ। एफपीओको प्रतिकित्ता भने १५९ रुपैयाँ तोकिएको छ। 

उन्नति सहकार्य लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 

यसअघि किसान लघुवित्त, मिर्मिरे लघुवित्त, नयाँ सारथी लघुवित्त र युनिक नेपाल लघुवित्तले एफपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिइसकेका छन्। यद्यपि सेबोनले एफपीओ निष्कासनको अनुमति भने दिइसकेको छैन।