काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि आउँदो भदौ ३ गतेदेखि ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले रु. ७२ करोड ५७ लाख ६० हजार मूल्यबराबरको हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीको पुँजी वृद्धिका लागि युनाइटेडले गत चैत २९ गते २४० प्रतिशत हकप्रद सेयर निष्कासन अनुमति माग धितोपत्र बोर्डसँग गरेको थियो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरमा १०:२४ कित्ताको अनुपातमा हकप्रद सेयर खुलाउने भएको हो । लगानीकर्ता सेयरधनीहरुले असोज ६ गतेसम्म खरिद आवेदन दिन सक्नेछन् । साउन १४ मा सेयरधनी दर्ता किताब बन्द गरिएकोले सोभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले मात्र खरिद आवेदन दिन पाउने छन् ।
हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनाइटेडको हकप्रद सेयर जारी गरेपछि एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीको हकप्रद सेयरलाई केयर रेटिङ्स नेपालले केयर एनपीआईपीओ ग्रेड ४ रेटिङ प्रदान गरिसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago