काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी ९नेपाल० लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर बिक्री खुला अवधि १७ दिन थपेको छ।

कम्पनीले गत भदौ ३ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि आउँदो आज मंगलबारदेखि ७२.५७ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले निकाष्सन बन्द मिति असोज ६ गते तोकेको थियो।

संस्थाको सञ्चालक समितिको बैठकले बिक्री खुला अवधि असोज २३ गतेसम्म थप गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीको पुँजी वृद्धिका लागि युनाइटेडले गत चैत २९ गते २४०% हकप्रद सेयर निष्कासन अनुमति माग धितोपत्र बोर्डसँग गरेको थियो ।

कम्पनीले  १०० रुपैयाँ अंकित दरमा १०:२४ कित्ताको अनुपातमा हकप्रद सेयर बिक्री खुलाएको छ ।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनाइटेडको हकप्रद सेयर जारी गरेपछि एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद सेयरलाई केयर रेटिङ्स नेपालले केयर एनपीआईपीओ ग्रेड ४ रेटिङ प्रदान गरिसकेको छ ।