काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज वैशाख १७ गते अन्तिम दिन रहेको छ।
युनिक नेपाल लघुवित्तले गत जेठ ११ गतेबाट साधारण सेयरको एफपीओ बिक्री खुला गरेको थियो। यो एफपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।
संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ बिक्री खुला गरेको छ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गरेको हो।
साबिकको युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्जर भई बनेको यो संस्थाको कुल चुक्तापुँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँको ९४.०१ प्रतिशतले हुन आउने संस्थापक समूहको १० करोड ४० लाख २ हजार ५०० र ५.१९ प्रतिशतले हुन आउने सर्वसाधारण समूहको ६६ लाख ३० हजार रुपैयााबराबरको सेयर कायम रहेको हुनाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गर्दा दिएको निर्देशनबमोजिम युनिक नेपालले एफपीओ जारी गरेको हो।
सीडीएससीका अनुसार हिजो जेठ १६ गते साँझसम्म यो एफपीओमा १२ लाख ८५ हजार २२६ आवेदकबाट १ करोड ४९ लाख ६१ हजार ४२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३९.४३ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ३७ हजार ९४२ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।
यो एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
युनिक नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19