काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

कम्पनी सञ्चालक समितिको बुधबार (मंसिर २८ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धोबीघाटस्थित सिद्धार्थ कटेजमा बिहान ११ बजेबाट हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। आर्थिक वर्ष २०७९–८०का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि सभाले गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा भाग लिन योग्य हुनेछन्।