काठमाण्डौ । सेयर बजारको सबैभन्दा महंगो मूल्य भएको युनिलिभर नेपाल लिमीटेडले आइतबारदेखि नगद लाभांश सेयरधनीको खातामा जम्मा गर्न थाल्ने भएको छ ।
यो कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गर्दै कात्तिक ६ गते सम्पन्न २५ औं वार्षिक साधारणसभाबाट पारित ७ सय प्रतिशत नगद लाभांश सेयरधनीको खातामा जम्मा गर्न थालिने प्रष्ट्याएको हो ।
युनिलिभरको सेयर रजिष्टार सनराइज क्यापिटलका अनुसार कर पश्चात हुने नगद लाभांश रकम अभौतिक रुपमा कायम रहेका सेयरधनीहरुलाई आइपीएसमार्फत सम्बन्धित सेयरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिएको छ ।
यसका लागि सेयरधनीहरुले आफ्नो हितग्राही खातामा बैंकको खाता अद्यावधिक गर्नुपर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago