काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडका लगानीकर्ताले एक साताभित्र ३ अर्ब ३२ करोड २१ लाख बढी सम्पत्ति गुमाएका छन् । 

यो कम्पनीको सेयर मूल्य एकसाताको अवधिमा प्रतिकित्ता ३ हजार ६११ रुपैयाँले गिरावट भएको हो । 

यो कम्पनीको सेयर मूल्य माघ ७ गतेदेखि घट्न थालेको थियो । सो दिन प्रतिकित्ता १७७४ रुपैयाँले घटेको सेयर मूल्य माघ ९ गते प्रतिकित्तामा ६०९ रुपैयाँले गिरावट भई २० हजार ५०० मा सीमित भएको थियो । 

त्यसपछि बिहीबार सामान्य बढेको युनिलिभरको सेयर मूल्य त्यसपछि पनि घटेको देखिन्छ । 

यो क्रममा बुधबार कम्पनीको सेयर मूल्यमा १ हजार २०३ प्रतिकित्तामा घटेको छ । 

यसरी हेर्दा बुधबार मात्र युनिलिभरका लगानीकर्ताले १ अर्ब १० करोड ६७ लाख बढी सम्पत्ति गुमाएका छन् । यो दिन कम्पनीको सेयर मूल्य घटेर १९ हजार २ सय ७२ रुपैयाँमा सीमित बन्न पुगेको छ ।

यो दिन कम्पनीको मूल्यमा ५.८७ प्रतिशतको गिरावट आएको छ । 

नेपालको दोश्रो बजारमा युनिलिभर नेपाल लिमीटेड नै सबैभन्दा महंगो सेयर मूल्य भएको कम्पनी हो । 

यो कम्पनीको दोश्रो बजारमा ९ लाख २० हजार कित्ता सेयर सूचिकृत छ । 

कम्पनीको वर्षेनी घटिरहेको प्रतिफलका कारण महंगो सेयर मूल्य भए पनि लगानीकर्ताको यो कम्पनीप्रतिको आकर्षण घटेको छ । 

विश्व बजारबाट युनिलिभरका उत्पादनलाई टक्कर दिने अन्य गुणस्तरीय उत्पादन नेपालमा भित्रिन थालेपछि यसको कमाई समेत घट्न थालेको छ।
यसैको असर कम्पनीको सेयर मूल्यमा देखिएको हो ।