काठमाण्डौ । गत वर्षको तुलनामा करिब १६ करोडले नाफा घटे पनि युनिलिभर नेपाल लिमीटेडले साधारण सेयरमा प्रतिसेयर ११ सय रुपैयाँ र त्यसमा १७० रुपैयाँ विशेष लाभांश गरी कुल १२७० रुपैयाँ लाभांश वितरणको घोषणा गरेको छ ।
यो कम्पनीको पछिल्लो बिक्री मूल्य प्रतिकित्ता ३० हजार १ सय रुपैयाँ रहेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीमध्ये सबैभन्दा महंगो सेयर नै यो कम्पनीको हो ।
यो कम्पनीको संचालक समितिले साधारण सेयरमा प्रतिसेयर १ हजार १ सय रुपैयाँको दरले लाभांश दिने सिफारिस गरेको तथा नेपालमा संचालनको २५ औं वर्षको अवसरमा उत्साव मनाउन भन्दै प्रतिसेयर १ सय ७० रुपैयाँ विशेष लाभांश पनि सिफारिस गरेको युनिलिभरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
युनिलिभर नेपाल लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा ९६ करोड ५० लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब १२ करोड थियो ।
यो अवधिमा कम्पनीले ४ अर्ब ४४ करोड बढी आय गरेको छ । यस्तो आय अघिल्लो वर्ष ३ अर्ब ९४ करोड थियो । आय बढे पनि संचालन खर्चमा भएको अचाक्ली वृद्धिले नाफामा संकुचन ल्याएको कम्पनीको भनाई छ ।
करिब अढाई महिनासम्म कारखानामा भएको तालाबन्दी, पछिलो केही महिनामा स्थानीय निर्वाचनका कारण बजारजन्य कार्यदिनमा आएको कमीका बाबजुद कारोबारमा वृद्धि भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार स्किन केयर र हेयर केयर सम्बन्धी प्रोडक्टहरुको बिक्री पछिल्लो समय ह्वात्तै बढेको छ । यहीकारण आय वृद्धिमा टेवा पुुगेको हो ।
निरन्तरताका आधारमा ३ वर्षको औसत २० प्रतिशतको तुलनामा कम्पनीले २४ प्रतिशतको यथार्थ खूद मुनाफा वृद्धि हासिल गरेको छ । ब्याज कर, ह्रासकट्टीअघिको नाफा पनि विगत ३ वर्षको ३० प्रतिशतको तुलनामा औसत २० प्रतिशतले वृद्धि भएको कम्पनीले प्रष्ट्याएको छ ।
जारी विज्ञप्तिअनुसार कम्पनी आगामी दिनमा पनि यसैप्रकारको लाभलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ । कम्पनीले गतवर्षजस्तै यो वर्ष पनि क्यास जेनेरेसनलाई कायमै राखेको छ ।
कम्पनीले विश्वस्तरीय प्रविधिको लाभ उठाउँदै वितरण पूर्वाधारमा पर्याप्त रुपमा ध्यान केन्द्रीत गरेको जनाएको छ । युनिलिभरले ब्राण्डहरुका पछाडि पनि पर्याप्त लगानी गरेको छ । यी सबै कार्यहरुले दिगो वृद्धि हासिल गर्न सहयोग पुुग्ने बताइएको छ ।
युनिलिभर नेपालका प्रबन्ध निर्देशक सुुयश चौहानले मुनाफायोग्य आकारले हाकिएको वृद्धिसहित यो वर्ष सवल पुनरागमनको वर्ष रहेको बताए । उनले भने–‘चुनौतिपूर्ण वर्षमा पनि हाम्रो व्यवसायलाई गतिशील रुपमा व्यवस्थापन र विभिन्न आन्तरिक तथा बाह्य चुनौतिहरुसँग जुुझ्दै हामीले सन्तोषजनक प्रगति हासिल गर्न सक्षम रह्यौं ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago