काठमाण्डौ । राधी विद्युत कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । 

कम्पनीले हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश पारित लगायतका अजेण्डा राखेर कम्पनीले आफ्नो साधारणसभा समेत आह्वान गरेको छ। 

पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते आइतबार काठमाण्डौको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा सभा आह्वान गरेको हो । 

सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित सोही आ.ब.को वासलात, नाफानोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने लगायतका प्रस्ताव समेत पेश हुनेछन् । 

कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १५ गते एकदिनका लागि सेयरधनी दर्ता पुस्तिका तथा सेयर दाखिला खारेजीको कार्य बन्द गर्नेछ । यसको अर्थ पुस १४ गतेसम्म सेयरधनी कायम भएकाहरुले कम्पनीबाट घोषित लाभांश पाउन र साधारणसभामा सहभागिताको अवसर पाउनेछन् ।