काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का आकर्षक लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको हिजो आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको ३६.५ प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार १२२.५० रुपैयाँबराबरको बोनस सेयर प्रस्ताव गरेको छ। यो करबाहेक हो।
कम्पनीको चुक्तापुँजी ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपैयाँ रहेको छ।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्यायने कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19