काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ७.६९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा बढेर ४ अर्ब ४२ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म बैंकको यस्तो मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ रहेको थियो।
यो अवधिसम्म बैंकको खुद ब्याज आम्दानी घटेर ६ अर्ब ३४ करोड रुपैयाँमा सीमित बनेको छ। यस्तो आम्दानी गत वर्ष ६ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंक २ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन १ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म २ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको रिजर्भको आकार बढेर १४ अर्ब २३ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १३ अर्ब २६ करोड रुपैयाँ रहेको थियो।
यो अवधिसम्म बैंकको निष्क्रिय कर्जा ४.६४ प्रतिशतबाट घटेर ३.६२ प्रतिशतमा झरेको छ। सीडी रेसियो ६८.२३ प्रतिशत रहेको बैंकको आधार दर ५.५० प्रतिशतमा झरेको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४७.४७ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19