काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच आज भेटवार्ता भएको छ। 

राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग गभर्नर अधिकारीले भेटवार्ता गरेका हुन्। भेटमा गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी गराएको राष्ट्रपतिको निजी सचिवालले जनाएको छ। 

भेटवार्तामा राष्ट्रपति पौडेलबाट बैंकहरुले कृषि क्षेत्रमा कम कर्जा प्रवाह गरिरहेको गुनासो आइरहेकोप्रति चिन्ता व्यक्त भएको स्रोत बताउँछ। राष्ट्रपतिबाट कृषि क्षेत्रलाई बढावा दिन बैंकहरुबाट प्रवाह हुने कर्जाका विषयमा राष्ट्र बैंकले अनुमगन गर्नुपर्ने सुझाव पनि गभर्नर अधिकारीलाई दिइएको स्रोतको भनाइ छ। ‘गभर्नर अधिकारीले यस विषयमा आफू पनि गम्भीर रहेकोले अनुगमन कार्यलाई अगाडि बढाइने राष्ट्रपतिसमक्ष प्रतिबद्धता व्यक्त गरेका छन्’, स्रोतले भन्यो।