काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमीटेडको २०८० पुस २९ गते काठमाडौं मा १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

साधारणसभाले ५.५० प्रतिशत नगद लाभांशसहितको आ.ब. २०७९/०८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ। 

बैंक सञ्चालक  समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष ढुङ्गानाले बैंकले आफ्ना सेवासुविधाहरुमा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरुसमक्ष आफ्ना गुणस्तरीय सेवाहरु प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताए । 

उनले बदलिँदो परिवेश र ग्राहकको चाहनाअनुरूप यस बैंकले आफ्ना सेवा प्रवाहलाई थप परिस्कृत गरी प्रभावकारी र कार्यकुशलतामा अभिवृद्धि ल्याउन विजिनेश प्रोसेस रिइञ्जिनियरिङ, सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवम्ण् लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्कृय कर्जा र गैरबैंकिङ्ग सम्पत्तिहरुको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समयसापेक्ष सुदृढिकरण गर्ने सम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्ध रुपमा अगाडि बढाइएको बताए । 

साधारणसभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनीहरुको उपस्थिति रहेको थियो । अध्यक्ष ढुङ्गानाले प्रस्तुत गरेको प्रतिवेदनमाथि शेयरधनीहरुले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाबसहितको धारणा राखेका थिए । 

उक्त टिप्पणी एवम् जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाले जवाफ दिएका थिए । 

सभामा बैंक सञ्चालक समितिका सदस्यहरु बाबुराम सुवेदी, रोमिला ढकाल उप्रेती, सुशिल घिमिरे, अनलराज भट्टराई, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल छत्कुलीको उपस्थिति थियो ।