काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मल्टीपर्पस फाइनान्स लिमिटेडलाई हकप्रद सेयर जारी गर्न सहमति प्रदान गरेको छ। 

केन्द्रीय बैंकले मल्टीपर्पस फाइनान्सलाई चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थत १ः०.३५ अनुपातमा हकप्रद सेयर जारी गर्न सहमति प्रदान गरेको हो। 

राष्ट्र बैंकले गत असोज १४ गते यो फाइनान्सलाई पत्र पठाउँदै संस्थाको वार्षिक साधारणसभा वा विशेष साधारणसभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गराएपश्चात मात्र हकप्रद सेयर जारी गर्न सहमति प्रदान गरिएको जानकारी गराइएको छ। 

गत असोज ३ गते बसेको मल्टीपर्पस फाइनान्सको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गरी पुँजीवृद्धि गर्न सहमति प्रदान गर्न माग गर्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो।