काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश स्वीकृति गरेको छ।
केन्द्रीय बैंकले सिभिल लघुवित्तले प्रस्ताव गरेको कुल ३.६८४२१ प्रतिशत लाभांश स्वीकृत गरेको हो। जसमा हाल कायम चुक्तापुँजी २३ करोड ३९ लाख ३३ हजार ७०० रुपैयाँको ३.५ प्रतिशतले हुन आउने ८१ लाख ८७ हजार ६७९.५० रुपैयाँबराबरको बोनस सेयर र ०.१८४२१ प्रतिशतले हुन आउने ४ लाख ३० हजार ९३०.५० रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) रहेको छ।
अब सिभिल लघुवित्तले आगामी वार्षिक साधारणसभाबाट यो लाभांश अनुमोदन गर्दै कार्यान्वयनमा ल्याउनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19