काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि प्रारम्भिक सहमति पाएको छ। 

विद्युत नियमन आयोगले रिडी पावरलाई चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि साधारणसभा पेस गर्न प्रारम्भिक सहमति प्रदान गरेको हो। अब कम्पनीले आफ्नो साधारणसभा हकप्रदको अजेन्डा पेस गरेर थप प्रक्रिया अगाडि बढाउनेछ। 

कम्पनीको गत माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को ४० प्रतिशत बोनस सेयर वितरण भएपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो। जसअनुसार कम्पनीले बोनस सेयर वितरणपश्चात कायम हुने १ करोड ५४ लाख ८९ हजार १२ कित्ताको ५० प्रतिशतले हुन आउने ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रसद आफ्ना सेयरधनीहरुका लागि जारी गर्ने निर्णय गरेको छ। 

यो हकप्रद बिक्रीबाट आउने रकम रिडी पावरको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी १० मेगावाट क्षमताको तल्लो बलेफीखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ।