काठमाण्डौ । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। 

विद्युत नियमन आयोगले रिडी पावरलाई चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो। योसँगै अब कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्नेछ। 

कम्पनीले हाल कायम चुक्तापुँजी १ करोड ५४ लाख ८९ हजार १२ कित्ता सेयरको ५० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। गत असार ८ गते बसेको कम्पनीको विशेष साधारणसभाले हकप्रदको अजेन्डा पारित गरिसकेको छ। 

कम्पनीको लगानी तथा व्यवस्थापनबाट सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वःपुँजी व्यवस्थापन गर्न कम्पनीले हकप्रद सेयर ल्याउन लागेको हो।