काठमाण्डौ । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासनको नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति पाएको छ।
रिडी पावरले चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद ल्याउन सेबोनसँग अनुमति मागेको हो। यसअघि विद्युत नियमन आयोगले रिडी पावरलाई हकप्रद ल्याउन अन्तिम स्वीकृति प्रदान गरेको थियो।
सेबोनले अनुमति दिएमा कम्पनीले हाल कायम चुक्तापुँजी १ करोड ५४ लाख ८९ हजार १२ कित्ता सेयरको ५० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। गत असार ८ गते बसेको कम्पनीको विशेष साधारणसभाले हकप्रदको अजेन्डा पारित गरिसकेको छ।
कम्पनीको लगानी तथा व्यवस्थापनबाट सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वःपुँजी व्यवस्थापन गर्न कम्पनीले हकप्रद सेयर ल्याउन लागेको हो।
रिडी पावरको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago