काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले निकट भविष्यमै ६३ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।
यो कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ६३ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको हो ।
कम्पनीले निश्कासन गर्न लागेको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसतभन्दा तल आधारहरु जनाउने रहेको छ भन्ने हो । यस्ता कम्पनीको सेयरमा लगानी गर्दा धेरै जोखिम लिनुपर्ने हुन्छ ।
इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले
कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रिलायन्स लाइफको चुक्तापूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको जीवन बिमा कोषमा ५६ करोड ५२ लाख रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago