 
                     
                                
                             
                                    काठमाण्डौ । भर्खरै सर्वसाधारणलाई आईपीओ बिक्री गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा यही साताभित्रै कारोबार आउने सक्ने सम्भावना रहेको छ।
रिलायबल नेपाल लाइफले गत साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। गत साउन ३१ गते यो आईपीओ बाँडफाँड गरिएको थियो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणलाई बिक्री गरेको थियो।
मागभन्दा बढी आवेदन परेकोले यो कम्पनीको आईपीओ पनि गोलाप्रथा माध्यमबाट न्यूनतम १० कित्ताका दरले बाँडफाँड गरिएको थियो। जसअनुसार योग्य आवेदकमध्ये ९ लाख ६० हजारजनाले १० कित्ताका दरले सेयर पाएका छन्।
नेप्सेका एक अधिकारीका अनुसार रिलायबल नेपाल लाइफको आईपीओ अब १–२ दिनमै नेप्सेमा सूचीकृत हुन सक्छ। ‘अहिले फाइल अध्ययन गर्ने काम भइरहेको छ’, ती अधिकारीले भने, ‘सम्भवतः यही साताभित्रै नेप्सेमा रिलायबल नेपाल लाइफको सेयर सूचीकृत भई कारोबारमा आउन सक्छ।’
कम्पनीको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १६२.२९ रुपैयाँदेखि अधिकतममा ४८६.८७ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ। नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम मूल्य कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थबराबर र अधिकतममा सोको तेब्बरसम्म ओपनिङ रेन्ज तोक्ने गर्दछ।
कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १६२.२९ पैसा रहेको छ। सोही आधारमा उक्त रेन्ज पाउने देखिएको हो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19