– रेखा चन्द

काठमाण्डौ । बैंकहरु सहरकेन्द्रित मात्रै हुन थालेपछि नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तभित्रै वाणिज्य बैंकहरुलाई स्थानीय तह तोकेर शाखा खोल्न निर्देशन दिएको थियो। ७५३ वटै स्थानीय तहमा वित्तीय पहुँच पुुर्याउने र सबै जनतालाई बैंकिङ च्यानलमा ल्याउने उद्देश्यसहित राष्ट्र बैंकले दिएको उक्त निर्देशन २०७९ असार मसान्तसम्म आउँदा पनि पूरा हुुन सकेको छैन। 

चालुु आर्थिक वर्षको मौद्रिक नीतिमा २०७९ असार मसान्तसम्म ७५२ तहमा मात्रै वाणिज्य बैंक पुुगेको उल्लेख छ। राष्ट्र बैंकका अनुुसार बझाङको साइपाल गाउँपालिकामा जिम्मा पाएको एभरेष्ट बैंकले शाखा नखोलेको हो। 

यसअघि धादिङको रुबिभ्याली गाउँपालिका र जाजरकोटको जुनीचाँदे गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुगेको थिएन। तर, २०७९ असार मसान्तसम्ममा ती स्थानमा बैंक पुुुगिसकेको राष्ट्र बैंकले जनाएको छ। रुबिभ्यालीमा बैंक अफ काठमाण्डूू र जुनीचाँदेमा कृषि विकास बैंकले शाखा खोल्ने जिम्मा पाएका थिए। तर, राष्ट्र बैंकले दिएको निर्देशनको ५ वर्ष बित्दा पनि साइपाल गाउँपालिका भने बैंकविहीन रहेको छ।

त्यसो त बैंक पुुगेपछि रुबिभ्याली र जुनीचाँदेका नागरिक हर्षित भएको छन्। घन्टौँ तथा दिनै लगाएर जोखिमपूर्ण यात्राबीच बैंक जानुपर्ने बाध्यता हटेपछि उनीहरु थप हर्षित भएका हुन्। गाउँपालिमा बैंक नहुुँदा मानिसहरु २ दिनको पैदलयात्रा गरी सदरमुुकाम खलंगा गएर बैंकिङ काराबार गर्दै आएको जुनीचाँदे गाउँपालिकाका उपाध्यक्ष वीरेन्द्रबहादुर शाही बताउँछन्। ‘अहिले बाटो पनि बनिसकेको, खलंगा जान ६ घन्टा लाग्छ तर पहिला मानिसहरु २ दिनको पैदल यात्रा गरी बैंकिङ कारोबार गर्न सदमुकाम जाने गर्दथ्य’, उनले बिजशालासँग कुराकानीमा भने, ‘तर, अहिले गाउँपालिकाभित्रै बैंक आइपुुग्दा पनि जुनीबस्तीबाट ६ घन्टा र बुदिडाँडाबाट झन्डै ७ घण्टा लाग्छ।’

११ वटा वडा रहेको उक्त गाउँपालिकामा कृषि विकास बैंक पुुग्दा सबैलाई खलंगा जानुपर्ने बाध्यता हटेको उपाध्यक्ष शाहीले बताए। बैंकमा अहिले खाता खोल्ने काम भइरहेको र छिट्टै कारोबार पनि सञ्चालन हुने उनको भनाइ छ। ‘अब पहिलाको जस्तो दुुःख गरेर बैंक जाने बाध्यता हट्यो, यहाँ आएको बैंकमा पनि खाता खोल्ने काम भइरहेको छ, अब एक डेढ हप्तामा कारोबार पनि सञ्चालनमा आउँछ’, उनले भने ‘ त्यसैले पनि मानिसहरु खुसी छन्।’

बैंककै समस्याका कारण गाउँपालिकाले विगत १ वर्षदेखि सामाजिक सुुरक्षाअन्तर्गतको रकम बाड्न नसकेको उनको भनाइ छ। झन्डै २१ हजार जनसंख्या रहेको उक्त गाउँपालिमा २ हजारमाथि घरधुरी रहेको छ। 

उपाध्यक्ष शाहीले पालिकाको विवादका कारण गाउँपालिकामा बैंक आइपुुग्नमा ढिलाइ भएको पनि बताए। 

यस्तै शाखा खोल्ने जिम्मा पाएको बैंक अफ काठमाण्डूले यही असारदेखि सेवा दिन सुुरु गरिसकेको धादिङको रुबिभ्याली गाउँपालिकाका सूूचना अधिकारी विपिन तामाङ बताउँछन्। ६ वटा वडा रहेको उक्त गाउँपालिकाका मानिसले यसअघि धादिङबेसीमा गएर बैंकिङ सेवा लिने गरेको उनले बताए्। ‘अरुबेला १ दिनमै बैंकिङ सेवा लिएर धादिङबेसीमा फर्किन सकिन्छ तर बर्खायाममा २ दिन लाग्ने हुँदा नागरिकले गाह्रो अवस्था खेप्दै आएका थिए’, उनले बिजशालासँग भने, ‘अहिले आफ्नै गाउँपालिकामा बैंकिङ कारोबार सुुरु भएपछि सबैलाई सजिलो हुुनुका साथै मानिस खुसी पनि देखिन्छन्।’

तर, रुबिभ्यालीमै बैंक पुुग्दा पनि १, ५ र ६ वडावासीलाई भने दुरी टाढा नै पर्ने भएकाले समस्या रहेको सूचना अधिकारी तामाङले बताए। 

यस्तै गाउँपालिकाले वृद्धवृृद्धाको भत्ता जनप्रतिनिधिको रोहबरमा ल्याएर हरेक वडावडामा पठाइँदै आएको सूचना अधिकारी तामाङले जानकारी दिए।