काठमाण्डौ । रु रु जलविद्युत परियोजनाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ७.१५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ३ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ५.९४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर करोड ३० लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी ४९ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीको रिभर्जको आकार १४.८४ प्रतिशतले बढेर १९ करोड ७५ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १७ करोड २० लाख रुपैयाँ थियो। 

कम्पनीको ईपीएस सामान्य घटेर २९.५३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २९.७३ रुपैयाँ थियो। पीई रेसियो २६.५५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १४०.०४ रुपैयाँ रहेको छ।