काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेड ६ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ६ लाख कित्ता आइपीओ निश्कासनका लागि भदौ १७ गते बोर्डमा आवेदन दिएको हो ।

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम प्रभू क्यापिटलले गर्नेछ । 

यो कम्पनीले गत आर्थिक वर्षमा १ करोड १० लाख खूद नाफा आर्जन गरेको थियो । 

नूवाकोटमा मुख्य कार्यालय रही स्थापना भएको आशा राष्ट्रिय स्तरको लघुवित्त संस्था हो ।