काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले गत आर्थिक वर्ष २०७७/७८ का लागि नगद लाभांश घोषणा गरेको छ। 

लक्ष्मी बैंकद्वारा प्रवर्द्धित तथा लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको यस योजनाका इकाइधनीहरुका लागि नगद लाभांश घोषणा गरिएको हो। 

सञ्चालक समितिको आज मंगलबार बिहान बसेको बैठकले यस योजनाका इकाइधनीहरुलाई २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।