काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ११.५ प्रतिशत लाभांश सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago