काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको २२ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ को वित्तीय विवरण स्वीकृत गरेको छ। 

काठमाण्डौमा आज सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८–७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको हो। यसका साथै सभाले आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ। 

गत आर्थिक वर्ष २०७८–७९ मा रु. १३९ अर्ब निक्षेप र रु. १३२ अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार रु. १७३ अर्ब रहेको छ।

सोही आर्थिक वर्षमा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ।