काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको संख्या घटेर ६५ मा झरेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७८ चैत मसान्तसम्म तथ्यांकअनुसार पछिल्लो समयमा मर्जर र एक्विजिसनका कारण लघुवित्तको संख्या घटेको हो। गत २०७८ असार मसान्तसम्ममा ७० वटा लघुवित्त वित्तीय संस्था रहेकोमा २०७८ चैत मसान्तसम्ममा घटेर ६५ कायम भएको छ। यद्यपि शाखा विस्तारको क्रम भने जारी नै रहेको तथ्यांकले देखाएको छ।
हाल ४ वटा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था छन् भने बाँकी ६१ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाहरु छन्। लघुवित्तहरुको शाखा संख्या २०७८ असारको तुलनामा २०७८ चैत मसान्तमा ८.६३ प्रतिशतले वृद्धि भई ५ हजार २० पुगेको छ।
सोही अवधिमा लघुवित्तहरुको सदस्य संख्या ९.२१ प्रतिशतले वृद्धि भई ५७ लाख ७२ हजार र ऋणी संख्या ८.५३ प्रतिशतले वृद्धि भई ३२ लाख ४७ हजार पुगेको छ।
कुन प्रदेशगत कस्तो उपस्थिति ?
प्रदेशगत रुपमा लघुवित्त वित्तीय संस्थाको शाखाहरु लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रहेको देखिन्छ। २०७८ चैत मसान्तसम्ममा उक्त प्रदेशमा भएका शाखाको संख्या कुल शाखा संख्याको २३ प्रतिशत (११५३ शाखाहरु) रहेको छ।
पहुँचका हिसाबले कर्णाली प्रदेशमा लघुवित्त संस्थाको उपस्थिति न्यून रहेको देखिन्छ। उक्त प्रदेशमा कुल शाखा संख्याको ५ प्रतिशत (२३० शाखाहरु) मात्रै शाखाहरु सञ्चालनमा रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19