काठमाण्डौ । नेपाल राष्ट्र बैंकका लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारीले लघुवित्तको भविष्य उज्ज्वल रहेको बताएका छन्।
माइक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान)ले आइतबारदेखि आयोजना गरेको २ दिने एनएफआरएस तालिमको उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक अधिकारीले गाउँगाउँमा वित्तीय पहुँच पुर्याउँदै गरिबी न्यूनीकरणका लागि लघुवित्तहरुले भूमिका खेलेको भन्दै यस क्षेत्रको भविष्य उज्ज्वल रहेको बताएका हुन्। लघुवित्तहरुले गाउँगाउँका महिलाहरुमा उद्यमशिलता विकास र सशक्तीकरण बढाएकोले यस क्षेत्रको दिगो विकासका लागि राष्ट्र बैंकले योजनाहरु वनाइरहेको उनले जानकारी दिए।
दिगो रिसोर्स नभएका कारण लघुवित्तलाई समस्या रहेको स्वीकार गर्दै अधिकारीले नेपाल सरकार र राष्ट्र बैंक मिलेर दिगो कोषको व्यवस्थापन गर्न लागिरहेको बताए।
कार्यक्रममा माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालका अध्यक्ष जगतबहादुर पोखरेलले राष्ट्र बैंकको निर्देशन इमान्दार भएर पालना गर्ने प्रतिबद्धता जनाए। ‘राष्ट्र बैंकको निर्देशन हामी इमान्दार भएर पालना गर्नेछौँ तर नेपाल सरकार र राष्ट्र बैंकले गरिबी न्यूनीकरणका लागि लघुवित्तलाई प्राथमिकतामा राख्नुपर्यो’, उनले भने।
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्तका लागि पोलिसी र दिगो रिसोर्सको समस्या भएकोले राष्ट्र बैंकले यसमा ध्यान दिन आग्रह गरे।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19