ललितपुर । यस जिल्लाको गोदावरी नगरपालिका-५ स्थित लेलेमा हेरिटेज हेभन हिल्स कोलोनीले बंगला तथा घडेरीको बुकिङ शुरु गरेको छ ।

ललितपुरस्थित सातदोबाटोबाट १३ किलोमिटर दुरीमा रहेको लेले बसपार्क नजिकै ५१ रोपनी क्षेत्रफलमा कोलोनीको काम गरिरहेको कम्पनीले घर तथा घडेरीको बुकिङ शुरु गरेको जनाएको छ । 

उक्त कोलोनी द पीएम ग्रूप अफ कम्पनी र युवा विकासको सहकार्यमा निर्माण भइरहेको छ ।

२० फिट र १६ फिटको सडक पहुँच भएको कोलोनीमा १३० वटा घडेरी तयार गरिएकोमा २८ वटा अढाई तल्लाका बंगला र १०२ वटा घडेरी बिक्री गर्न लागिएको हेरिटेज हेभन हिल्सले जनाएको छ ।

कम्पनीले दसैँ तथा तिहारमा बुकिङ गर्नेहरुका लागि विभिन्न किसिमका अफरहरु पनि सञ्चालन गरेको छ । कम्पनीले दसैँमा बैना वा पास गर्नेहरुले विशेष छुट र लक्की ड्रमार्फत् टाटाको नेक्सन कार जित्न सक्ने जनाएको छ । कम्पनीले जग्गा खरिदकर्तालाई जग्गाा बैना गरेकै समयमा एउटा आइफोन १४ प्रो म्याक्स उपहार दिने समेत बताएको छ ।

टिकटकमा भिडियो बनाउनेहरुलाई पनि ५ देखि १५ हजारसम्म नगद पुरस्कार दिइने छ । कम्पनीले मापदण्ड बमोजिम न्यूनतम ४ आना २ दामदेखि माथिका घडेरीहरु उपभोक्ताका लागि उपयुक्त हुने जनाएको  छ ।

साथै चार आना दुई दाममा बन्ने अढाई तल्ले बंगलाको मूल्य १ करोड २५ लाख रुपैयाँ कायम गरिएको छ भने प्रतिआना १२ लाख ९९ हजारदेखि १५ लाख ५० हजार रुपैयाँको दरमा दरमा घडेरी  खरीद गर्न सकिनेछ । 

५ वर्षसम्मका लागि ५५ प्रतिशतसम्म फाइनान्स सुविधामा बंगला तथा घडेरी खरिद गर्ने व्यवस्था रहेको छ ।जसमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुका लागि ८० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउने  छ ।

जग्गा खरिद गर्नेलाई दुई वर्षभित्र डेढी मूल्यमा जग्गा रिटर्न ब्याक ग्यारेन्टी गरिने दाबी पनि कम्पनीले गरेको छ । उक्त कोलोनीमा तत्कालै घर बनाएर बस्न सकिने बताइएको छ ।