काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडले लाभांश सम्बन्धी निर्णयमा खेलेर इन्साइडर ट्रेडिङ गरेको पाइएको छ ।
युनिलिभर नेपाल लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरणको निर्णयको निकै पछि मात्र नेप्सेलाई जानकारी गराएपछि इन्साइडर ट्रेडिङ गर्नेलाई कम्पनीले सहयोग गरेको देखिएको हो ।
युनिलिभर नेपाल लिमीटेडको यही धन्दाको बिषयमा शंका उत्पन्न भएपछि नेपाल स्टक एक्सचेञ्जले आइतबार कम्पनीको सेयर कारोबार निलम्बन गरी स्पष्टीकरण सोधेको छ ।
यो कम्पनीले भदौ १२ गते लाभांश वितरण सम्बन्धी निर्णय गरी त्यसको जानकारी नेप्सेलाई भदौ २८ गते मात्र गराएको थियो । यसरी निर्णय भएको १६ दिनसम्म इन्साइडर ट्रेडिङ गर्नेलाई कम्पनीले जानाजान सहयोग गरेको देखिन्छ ।
यही बिषयलाई उठाउँदै नेप्सेले धितोपत्रहरुको बजार मूल्यलाई प्रभाव पार्ने सूचनाहरु तत्काल(निर्णय हुनासाथ) उपलब्ध गराउनुपर्ने धितोपत्र सूचिकरण विनियमावली २०७५ को विनियम २२ को उपविनियम १ को खण्ड(ङ) युनिलिभरले उल्लंघन गरेको देखिएको भन्दै स्पष्टीकरण सोधेको हो ।
लाभांशको निर्णय १६ दिन ढिला किन आयो ? सो ऐन अन्तर्गत कम्पनीका संचालकलाई कारबाही किन नगर्ने ? जस्ता प्रश्नसहित नेप्सेले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
स्पष्टीकरण नआएसम्मका लागि धितोपत्र सूचिकरण स्थगित गरिएको नेप्सेको सूचिकरण शाखाका कामु सहायक प्रबन्धक सुबोध ढुंगेलले प्रष्ट्याएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago