काठमाण्डौ । लुम्बिनी विकास बैंक लि. ले आफ््नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतिनगरस्थित प्रगति माध्यामिक विद्यालयलाई कम्पयुटर बिषय को ब्यबहारिक शिक्षाका लागि सहयोग स्वरुप आज बिहीबार ५ थान कम्पयुटर हस्तान्तरण गरेको छ ।
उक्त कम्पयुटर बैँकका मुख्य प्रबन्धक  दिपक खनालले विद्यालयका  प्रधानाध्यापक  शिव कुमारी अर्याल लाई  हस्तान्तरण गरे । सोही अवसरमा बैंकको तर्फबाट भैरहवा शाखा प्रबन्धक शंकर पाण्डे र बुटवल शाखा प्रबन्धक चन्द्र बहादुर सरुको उपस्थिति रहेको थियो भने बिद्यालयको तर्फबाट प्रमुख सल्लाहकार  जित बहादुर मल्ल, ब्यबस्थापन समिति का सदस्य इन्द्र बहादुर राई ,पूर्व का.बा. अध्यक्ष  राजेश बुढाथोकी, सल्लाहकार बीर बहादुर कुँवर र शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जीवन उपयोगी शिक्षाको ज्योति फैलाउँदै समग्र देशको समुन्नतिका लागि योग्य जनशक्तिको आधार तयार गर्दै आएका विद्यालयहरुलाई विभिन्न किसिमले सक्दो सहयोग गर्दै जाने बैंकका मुख्य प्रबन्धक  दिपक खनालले बताए ।
लुम्बिनी विकास बैंकले  ६८ शाखाहरु र १६ वटा एटिएमबाट करिब २ लाख ५० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नवीनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।