काठमाण्डौ । वलेफी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १० गते काठमाण्डौ नक्सालमा रहेको आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सभा अयोजना गर्ने निर्णय गरेको हो ।   

उक्त सभामा १ः१ अर्थात शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने  प्रस्तावलाई विद्युत नियमन आयोगबाट सहमति प्राप्ति पश्चात अन्मोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यस्तै संस्थापक सेयरधनीबाट सेयरबापतको एडभान्स रकम उठाउने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९/८० को वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि आगामी पुस २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।