काठमाण्डौ । फागुनको दोस्रो साताको वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै बढेको छ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांक अनुसार फागुनको दोस्रो साता निक्षेप १ अर्ब रुपैयाँले बढेको छ। योसँगै फागुन १३ गतेसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन ६ गतेसम्म कुल निक्षेप ४३ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो।
यसैगरी एनबीएका अनुसार फागुन दोस्रो साता वाणिज्य बैंकहरुको कर्जा लगानी ६ अर्ब रुपैयाँले बढेको छ। योसँगै फागुन १३ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन ६ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ५९ अर्ब रुपैयाँ रहेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago