काठमाण्डौ । असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने वाणिज्य बैंकहरुबीच सहमति भएको छ।
नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायका अनुसार वाणिज्य बैंकका सीईओहरुबीच असारमा पनि ब्याजदर स्थिर राख्ने सहमति भएको छ। ‘भोलि बस्ने संघको कार्य समितिको बैठकले ब्याजदर स्थिर राख्ने र जेठकै ब्याजदरलाई निरन्तरता दिने औपचारिक निर्णय गर्न सक्छ’, उनले भने।
वाणिज्य बैंकहरुले माघदेखि निक्षेपको ब्याजदर बढाएका छैनन्। जसअनुसार असारमा पनि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ११.०३ प्रतिशत र संस्थागततर्फ १०.०३ प्रतिशत ब्याज दिनेछन्। रेमिट्यान्स पठाउनेले भने १२.०३ प्रतिशत ब्याजदर पाउनेछन्।
बैंकका एक सीईओका अनुसार असारमा खर्च बढ्ने भएकोले निक्षेप पनि बढ्ने अनुमानका साथ ब्याजदर स्थिर राख्ने सहमति गरिएको छ।‘अर्कोतफै मौद्रिक नीति पनि आउँदैछ। मौद्रिक नीति आएपछि आवश्यक निर्णय गर्ने भनेर पनि यसपालि स्थिर राख्नेमा हामीबीच सहमति भएको हो’, ती सीईओले भने।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19