काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप घट्ने क्रम जारी नै रहेको छ।
साउन मसान्तपछि भदौ ३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको नेपाल बैंकर्स संघ (एनबीए)को तथ्यांकले देखाएको हो। योसँगै भदौ ३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ। गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३३ अर्ब रुपैयाँ थियो।
साउन महिनामा वाणिज्य बैंकको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटेको थियो।
उता वाणिज्य बैंकहरुको कर्जा लगानी भने भदौ ३ गतेसम्म १ अर्ब रुपैयाँले बढेको छ। गत साउन मसान्तसम्म कुल कर्जा लगानीमा ४१ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा भदौ ३ गतेसम्म बढेर ४१ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ।
गत साउन महिनाभरि वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले मात्रै बढेको थियो।
भदौ ३ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो पनि बढेर ८८.४७ प्रतिशत रहेको छ। गत साउन मसान्तसम्म सीडी रेसियो ८८.०७ प्रतिशत थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago