 
                     
                                
                             
                                    काठमाण्डौ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले कोरोनाको बढ्दो प्रकोपबाट सुरक्षित रहन आफ्ना ग्राहकलाई ससानो निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गरेको छ।
एसोसिएसनले शुक्रबार सूचना जारी गर्दै बैंकहरुमा भीडभाड कम गर्नका लागि ग्राहकलाई यस्तो आग्रह गरेको छ। एसोसिएसनले सकभर डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न पनि आग्रह गरेको छ।
यसैगरी एसोसिएसनले विकास बैंकहरुको बैंकिङ समय घटाउने पनि निर्णय गरेको छ। त्यस्तै प्रधान कार्यालयका कर्मचारीहरुलाई अत्यावश्यकबाहेकका कामका लागि कार्यालयमा नबोलाउने र वर्क फ्रम होमको माध्यमबाट कार्य गराउन निर्देशन दिएको छ। प्राविधिकलगायत अत्यावश्यक विभागका कर्मचारीलाई अत्यावश्यक भएमात्र बैंकमा बोलाउन एसोसिएसनले सुझाव दिएको छ।
नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रहेर निषेधाज्ञा अवधिभर ग्राहकले सम्पर्क व्यक्तिहरुमार्फत गरेका अनुरोध र सुझावलाई सम्बोधन गर्न पनि एसोसिएसनले निर्देशन दिएको छ। सम्भव भएसम्म डिजिटल बैंकिङ कारोबार गर्न आफ्ना ग्राहकलाई उपलब्ध र सम्भव भएसम्मका सञ्चारमाध्यमबाट अनुरोध गर्न पनि एसोसिएसनले सुझाव दिएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19