 
                     
                                
                             
                                    काठमाण्डौ । विकास बैंकहरुले पनि माघमा पुसको तुलनामा १ प्रतिशतको विन्दुले निक्षेपको ब्याजदर घटाएर कायम तयारी गरेका छन्।
माघको ब्याजदर निर्धारणका लागि विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनको आज अपराह्न ४ बजेदेखि बैठक डाकेको छ। सोही बैठकले पुसको तुलनामा १ प्रतिशतको विन्दुले निक्षेपको ब्याजदर घटाउने निर्णय गर्न सक्नेछ।
एक विकास बैंकका सीईओले वाणिज्य बैंकहरुले पनि ब्याजदर घटाउने निर्णय गरेकोले अधिकांश विकास बैंकहरु माघमा ब्याजदर घटाउनेमा सहमत देखिएको बताए। ‘पुसको तुलनामा माघमा १ प्रतिसतको विन्दुले विकास बैंकको ब्याजदर घटाउने अनौचापरिक कुराकानी भएको छ’, ती सीईओले भने, ‘अबको बैठकबाट सोहीअनुसारको निर्णय गर्न सक्छ।’
राष्ट्रिस्तरका विकास बैंकहरुले पुसमा ब्याजदर स्थिर राख्दै मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२.८५ प्रतिशत, संस्थागतर्फ १०.८५ र रेमिट्यान्समा १३.८५ प्रतिशत कायम गरेका छन्।
पुसमा अधिकांश क्षेत्रीय र जिल्लास्तरका विकास बैंकहरुले मुद्दति निक्षेपमा अधिकतममा १३.१० प्रतिशतदेखि १३.३५ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19