काठमाण्डौ । सरकारले वैदेशिक लगानीको सीमालाई घटाएको छ । 

बजेटमार्फत वैदेशिक लगानीको सीमा ५ करोडबाट घटाएर २ करोडमा झारिएको हो । 

अर्थमन्त्री जनार्द्ध शर्माले आइतबार आर्थिक वर्ष २०७९/८० का लागि  बजेट प्रस्तुत गर्दै प्रत्यक्ष वैदेशिक लगानीको सीमालाई घटाएका हुन् । 

तर १० करोडसम्मको बैदेशिक लगानी स्वचालित प्रणालीबाट स्वीकृति दिइने घोषणा समेत गरे । 

उनका अनुसार ठूला लगानीकर्ताले प्रत्यक्ष लगानीको स्वीकृतिको माग गरेमा पूर्वतयारीका काम सम्पन्न गर्ने गरी ७ दिन भित्र प्रारम्भिक स्वीकृति दिइने भएको छ ।

लगानी स्वीकृति र उद्योग संचालन सम्बन्धी बाँकी प्रक्रिया ६ महिनामा पुरा गने व्यवस्था मिलाइएको अर्थमन्त्री शर्माले जानकारी दिए ।