काठमाण्डौ। रिडी पावर कम्पनीले चालू आर्थिक वर्ष २०८०/ ०८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको  छ।

प्रकाशित विवरण अनुसार कम्पनी उक्त अवधिसम्ममा ४ करोड ७५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । गत वर्ष यस अवधिसम्ममा कम्पनी १ करोड ४४ लाख रुपैयाँभन्दा बढी खुद नाफामा थियो ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी करिब ५७ प्रतिशत कम भएकोले नोक्सानीमा भएको हो । गत वर्ष ९ करोड २९ लाख रुपैयाँभन्दा बढी विद्युत् बिक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ४ करोड २ लाख रुपैयाँभन्दा बढी गरेको हो । 

बाढीका कारणक्षतिग्रस्त भई इवा खोला जलविद्युत आयोजनाबाट आम्दानी हुन नसक्दा चालू त्रैमासमा कम्पनीको विद्युत बिक्री आम्दानी घटेको हो ।  क्यापिटल रिजर्भ ६ करोड ६९ लाख रुपैयाँभन्दा बढी छ भने जगेडा कोष ३ करोड रुपैयाँभन्दा बढी ऋणात्मक छ ।

कम्पनीले पहिलो त्रैमासमा बैंकको ब्याज बृद्धि हुँदा खुद आम्दानीमा कमी आएको बताएको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०२.३८ रुपैयाँ रहेको छ ।