काठमाण्डौ । विद्युत नियमन आयोगले लिबर्टी इनर्जी कम्पनीलाई हकप्रद सेयर ल्याउन अनुमति दिएको छ।
आयोगको साउन १५ गते बसेको बैठकले लिबर्टी इनर्जीलाई हकप्रद सेयर ल्याउने अनुमति दिने निर्णय गरेको हो। यसअघि लिबर्टी इनर्जी हकप्रद सेयर ल्याउन स्वीकृतिका लागि गत साउन ८ गते आयोगमा थप कागजपत्रसहितको निवेदन पेस गरेको थियो।
कम्पनीले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद ल्याउने अनुमति पाएको छ। जसअनुसार कम्पनीले अब ७५ अर्ब रुपैयाँको हकप्रद सेयर ल्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्नेछ।
कम्पनीले गत माघ २५ गते विद्युत नियमन आयोगमा हकप्रदको अजेन्डा साधारणसभामा लैजान अनुमति पाएको थियो। गत फागुनको दोस्रो साता आयोगले हकप्रदको अजेन्डा साधारणसभामा लैजान कम्पनीलाई पूर्वस्वीकृति प्रदान गरेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago